Sunday, 8 May 2011

रतनसँग बिहे गर्न ५४ हजार केटाको आबेदन

नयाँ दिल्ली । भारतीय टेलिभिजन च्यानलकी लोकपि्रय अभिनेत्री रतन राजपूतसँग बिबाह गर्न ५४ हजार ८ सय ६३ युवकले आबेदन गरेका छन् ।
यसरी आबेदन गर्ने लायक पुरुषहरुमा डाक्टर, इन्जिनियर, कविल, प्राध्यापक, बैंकर र ब्यापारीहरु छन् । भारतका बिभिन्न राज्य र बिदेशबाटसमेत रतनसँग बिबाहका लागि भारतीय पुरुषहरुले आबेदन दिएका छन् ।
भारतीय टेलिभिजन जीटीभीबाट प्रसारण हुन लागेको स्वयंबर कार्यक्रम ‘रतनका रिस्ता’मा रतनलाई दुलही बनाउने इच्छा देखाउँदै यति ठूलो संख्यामा भारतीय पुरुषहरुले आबेदन गरेका हुन् ।

बिभिन्न चरणको छनौटबाट रतनले एकजना लायक पुरुष छान्नेछिन् ।
यसअघि राखि सावन्त र राहुल महाजनले टेलिभिजन च्यानलको रियालीटी सोमार्फत आफ्नो पार्टनर छान्ने कार्यक्रम चलाएका थिए । राखीले छानेको बरसँग बिबाह गरिनन भने राहुलले बिबाह गरेपनि पछि यातना दिएको भन्दै युवतीले छाडेकी थिइन् । २० बषिर्या नायिक रतनले बिभिन्न धारावाहिक श्रृङ्खलामार्फत लाखौं दर्शकको मन जितिसकेकी छन् ।
टाइम्सअफ इन्डियासँग कुरा गर्दै रतनले आफुलाई मन पराउने सवैलाई धन्यवाद दिएकी छन् । भगवान, दर्शक र परिवारका सदस्यको आर्शिवादका कारण आफुले उपयुक्त वर भेटाउने बिश्वास ब्यक्त गरिन् ।
टीभी कार्यक्रम उत्पादक निखिल मादोकले अघिल्ला दुई कार्यक्रममा भन्दा यसमा धेरै मानिसले बिहेका लागि आबेदन गरेको बताएका छन् ।

वरकन्या अमेरिकामा, कर्मकाण्ड नेपालमा

ललितपुर, वैशाख २५ -
शनिबार दिउँसो काठमाडौंका हरिहर र जया आचार्य सगुन बोकेर एक्ला छोराका लागि बुहारी माग्न एकान्तकुनाको रुबी पार्टी प्यालेस पुगे ।
केटी पक्षका तर्फबाट पुरेत रामजी खतिवडाले 'किन पाल्नुभा होला ?' भने । केटा पक्षका ५१ वर्षीय पुरेत एकनारायण अर्यालले भने, 'कौडिन्यान गोत्रमा जन्मेको, मेघिनीप्रसादको पनाति, एककृष्णको नाति, बत्तिसपुतली निवासी हरिहर र जयाको सुपुत्र हाल अमेरिकामा बस्ने ३२ लक्षणयुक्त मृदभाषी, विद्यामा तेज, २९ वर्षीय लोकप्रख्यात नाम आशुतोष आचार्यका लागि यस्तै किसिमकी कन्या पाए दाम्पत्य जीवनमा जोडी मिलाउन चाहेका छौं, आजको शुभ साइतमा हजुरहरू मञ्जुर भए कुरा अघि बढाउनुहोस् ।'
बेहुलाका तर्फबाट आएको प्रस्ताव सुनेपछि केटीतर्फका पुरेतले अभिभावकको मञ्जुरीमा कुरा छिनाउँदै भने, 'शुभ बेला, शुभ साइत हेराइ कन्यादान लिन आउनुहोला ।' कुरा छिनिएपछि हलमा भेला भएका दुवै पक्षका सय हाराहारी आफन्तले ताली बजाउँदै बिहेको छिनोफानो भएकोमा स्वागत गरे ।
हिन्दु विधिअनुसार केटीका ५३ वषर्ीय बुवा अजयकुमारले हुनेवाला ज्वाइँलाई पानसुपारी दिनुपर्ने बेला भयो । पुरेतले पानसुपारी दिन भनेपछि बेहुलाको बदला उनका ६० वषर्ीय बुवा हरिहर अघि सरे । यो दृश्य देखेपछि आफन्तजन चकित पर्दै मुखामुख गर्न थाले, 'वर/कन्या खोइ त ?'
'ऊ भित्तामा', छेउमा ल्यापटप चलाउँदै गरेकी नेपाल टेलिकमकी जागिरे कञ्चन जैसवालले प्रोजेक्टरबाट भित्तामा फ्याँकिएको 'लाइभ' दृश्य देखाउँदै भनिन् । हलमा भोज खान आएका दुवै पक्षका अभिभावकका आँखा भित्तातिर सरे । जहाँ हुनेवाला बेहुला आशुतोष र बेहुली हनी जैसवाल हलका दृश्य हेर्दै/सुन्दै रमाइरहेका थिए । उनीहरू थिए, काठमाडौंदेखि १४ हजार किलोमिटर हवाई दूरीमा रहेको अमेरिकाको टेक्सासस्थित डायलस सहरमा । तर दिउँसो १ बजेर ३१ मिनेटको साइतमा एकान्तकुनामा विवाह निश्चय (इङ्गेजमेन्ट) भइरहेको थियो । त्यसपछि दुवै पक्षका आफन्तले पालैपालो दुवैलाई शुभकामना र सफल दाम्पत्यका लागि शुभकामना दिन थाले ।
केही सुझाउँदै थिए, 'ए हनी तिम्रो सारीको फेरो मिलाऊ, हात अगाडि राख, दुवै एकैसाथ बस, ल गज्जब, जोडी राम्रो छ,' उनीहरू उताबाट जवाफ फर्काउँदै थिए, 'धन्यवाद ।' यसरी हालखबर सोध्ने र नातागोता चिनाउने क्रमसँगै कर्मकाण्ड पनि चलिनै रह्यो । 
उता अमेरिकामा शुक्रबार रातको २ बज्दै थियो । केही साथीहरूका साथ बेहुलीको फोर्थवोर्थस्थित अपार्टमेन्टमा पुगेका थिए आशुतोष । नेपाल र अमेरिकामा भइरहेका दृश्य सामाजिक सञ्जाल स्काइपको भिडियो कलमार्फत आदानप्रदान भइरहेका थिए । ल्यापटपको स्त्रिmनमा देखिरहेको दृश्यलाई प्रोजेक्टरमार्फत हलमा प्रत्यक्ष प्रसारण गरिँदै थियो र उनीहरूको आवाज 'हाई साउन्ड' क्षमता भएका स्पिकरमार्फत सुनाइँदै र सुनिँदै थियो ।
विधिअनुसार हनीका बुवाले आशुतोषका नाममा दिएको पानसुपारी केटाका बुवाले छोइदिए । पुरेत रामजी खतिवडाले ल्यापटपको माइक्रोफोन नजिकै मुख पुर्‍याउँदै 'ल साइत भयो, टीकाटालो गर्नुहोस्' भन्दै मन्त्र पढ्न थालेपछि अमेरिकामा रहेका आशुतोष र हनीले एकअर्कालाई टीका लगाई माला पहिराए । सगुन खुवाए । यता सबै जनाले खुसियालीमा फेरि थपडी मारे ।
जावालाखेलमा दुवै पक्षले सगुनमा ल्याएका फलफूल माछा, मिठाई, दही साटासाट गरे । यी लगायतका दृश्य अमेरिकामा केटाकेटीले हेरिरहेका थिए । पेसाले सरकारी सेवामा रहेका इन्जिनियर केटीका बुवा अजयकुमारले कन्या माग्न आएकाजति सबैलाई टीका लगाई दान दक्षिणा दिए । त्यसपछि भोज खुल्यो । यता नेपालमा साँझ ढल्दै गरेका बेला सबै काम सकिएपछि दुवै पक्ष आ-आफ्ना घर लागे । उता अमेरिकामा शनिबारको बिहानी हुँदै थियो ।
पाँच छोरीमध्येकी जेठी छोरीको इङ्गेजमेन्टका लागि जैसवाल दम्पतीले दुईपटक अमेरिका जान भिसाका लागि आवेदन दिएका थिए । तर काठमाडौंस्थित दूतावासले भिसा नदिएपछि दुवै परिवारको सहमतिमा उनीहरूले राजधानीमा विवाह निश्चय गरेका हुन् । १० वर्षदेखि अमेरिकामा रहेका कम्प्युटर सफ्टवेयर इन्जिनियर आशुतोष र व्यवस्थापनमा स्नातक सकेकी ५ बहिनीमध्येकी जेठी हनी असार २४ गते अमेरिकामा बिहे गर्दैछन् ।
आचार्य दम्पतीले बिहेमा जाने भिसा पाइसकेका छन् भने जैसवाल दम्पतीले भिसा नपाएको बताए । 'उहाँहरू नगए पनि हामी बिहेमा जाने पक्कापक्की छ,' सरकारी सेवाबाट अवकाश प्राप्त आशुतोषका बुवाले कान्तिपुरलाई भने ।

Saturday, 7 May 2011

केटीभन्दा आठ गुना बढी पोर्नोग्राफी हेर्छन केटाहरु

शहरी युवा पुस्तामा अश्लिल तस्वीर तथा भिडियो हेर्ने फेसनबाट बढेर रोगका रुपमा बिकाश भइरहेको छ । किशोर अबस्थामा प्रवेश गर्दैगर्दा शहरतिरका युवा युवती दुवैले कुनै न कुनै रुपमा अश्लिल भिडियो हेर्छन नै त्यो मात्रामा कम वा बढी होला । दि सन’ ले हालै गरेको एक अध्ययन अनुसार केटाहरु औषतमा २ घण्टा र केटीहरु १५ मिनेट इन्टरनेटमा पोर्नोग्राफी हेर्दछन् । उक्त अध्ययन १८ वर्षदेखि २४ वर्ष उमेर समूहका १ हजार युवापिढीमा गरिएको थियो । अस्लिल तस्वीर वा भिडियो हेर्नाले बैबाहिक जीवनमा समेत कटुता आएका पोर्नो हेर्ने तीन मध्ये एक युवाले स्विकारे । पोर्नो स्टारजस्तै सेक्स गर्न पुरुषले आफ्नो पार्टनरलाई दबाब दिने गरेकाले पनि सम्बन्धमा चिसो आउने बुझिएको छ । त्यस्तै, एक चौथाई युवापिढीले पोर्नो हेेरेपछि सेक्स चाहना घटेको बताएका छन् । 

पोर्नो हेर्दा बढ्छ डर 

अस्लिल तस्वीर, भिडियो आदि खुलेआम हेर्ने त कुरै आउदैन । लुकीछिपी अरुको नजर छलेर धेरै युवापिढीहरु पोर्नोको आनन्द लिन्छन् । यसमा उनीहरुको अलिअलि कुरकुरे वैशको पनि दोष छ । आधिबेहरीको अवस्था मानिने प्रोढवस्थामा केटाकेटीले पोर्नोग्राफी हेर्नु कुनै नौलो होइन । शारीरिक विकासको क्रममा फक्रदै गरेको जवानीमा सेक्स र यससँग सम्बन्धित विषयमा जिज्ञासा हुनु स्वाभाविक हो । त्यसमाथि अहिलेको इन्टरनेटको सुविधा युवापिढीलाई बरदान नै भएको छ । तर पनि अरुले थाहा पाउलान कि भन्ने सन्त्रास र भयले भने उनीहरुलाई आतङ्िकत बनाएको हुन्छ । पोर्नोग्राफी हेर्ने युवायुवतीको संख्या बढेर होला, कैयौं सेलिबि्रटीहरु यो पेशामा लागेको पाइन्छ ।सनका अनुसार पोर्नो हेर्नाले एक चौथाइ केटाहरुमा डरको आभास हुने गरेको पाइएको छ ।

राजेशले भेटाए २५ बर्षे गर्लफ्रेन्ड केही महिनाभित्रै बिबाह गर्ने

  ‘वास्तवमा उनलाई मैले आफ्नो जीवनसाथी बन्न लायक पाएँ’- पचास टेक्नै
 लागेका नायक राजेश हमालले बोलेको यो डाइलग कुनै चलचित्रको हैन् । ४८ बर्षका राजेशले आफुभन्दा झण्डै आधा उमेरकी प्रेमिका भेटेपछि बिहे गर्ने निधो गरेका छन ।
     हालै एक साप्ताहिक पत्रिकालाई अन्तरवार्ता दिंदै राजेशले केही समयभित्रै आफ्नो प्रेमसम्बन्धबारे सार्बजनिक गर्ने र सम्बन्ध सार्बजनिक भएको सात आठ महिनाभित्र बिबाह गरिसक्ने बताएका छन् । यो उमेरमा आएर आफुलाई साँच्चिकै बिबाह गर्नुपर्ने महसुस भएको बताए ।



राजेशले दिएको जानकारीअनुसार काठमाडौंकै एक शिक्षित परिवारकी युवतीसँग उनको दुई बर्षदेखि अफयेर चलिरहेको छ । २५ बर्षिया उनकी प्रेमिका हाल अध्ययनमा ब्यस्त रहेकाले अध्ययन सकेपछि बिबाहको योजनामा रहेको बताए । उमेर आधा कम भएपनि दुवैको सोंच मिल्ने राजेशले जानकारी दिए ।
केही बर्षअघि एउटा ग्यादरिङमा भेट भएपछि उनकी प्रेमिका र उनीवीच सम्बन्ध बाक्लिएको थियो । हामीले एक अर्कालाई बुझ्यौं- राजेश भन्छन-वास्तवमा उनलाई मैले आफ्नो जीवनसाथी बन्न लायक पाएँ । सहयोगीहरुसित लाजिम्पाटमा बस्दै आएका राजेशले अबको जीवन बिबाह नगरि चल्दैन भन्ने लागेरै बिबाहको बाटो रोजेको बताउँछन् । यो सम्बन्ध अझै परिपक्क नभएको भन्दै उनले प्रेममा पागल नभएको बरु सन्तुलित प्रेम गरिरहेको बताए ।
आफ्नो जीवनमा धेरै महिला प्रेमिकाका रुपमा आएको स्वीर्काछन् राजेश । ती मध्ये अधिकांश नेपाल घुम्न आएका बिदेशी पर्यटक रहेको बताउने राजेशले महिलाहरुको सम्बन्धबाट जीवन जीउने कला सिकेको र जीवनका थुप्रै रंग बुझेको बताए । आफ्नो जीवनमा कति महिला आए भन्ने सम्झन नसक्ने भन्दै उनले ६ जना महिलासंग लामै सम्बन्ध चलेको स्वीकारे ।
यसअघि एक डेढ बर्षमा बिबाह गर्छु भनेजस्तो यो सम्बन्ध नरहेको राजेशले बताए । आफु अब साँच्चिकै बिबाह गर्ने योजनामा पुगेको र उपयुक्त पात्र भेटेको राजेशको दावी छ । हेरौं उनको यो घोषणालाई राजेशले कार्यन्वयन गर्छन कि गर्दैनन् ।

यसरी मारिए लादेन

                        वासिङ्टन, वैशाख २० - ओसामा विन लादेनविरुद्ध कारबाही चिसिँदै गएको बेला गत अगस्टमा अमेरिकी गुप्तचरहरूले ठूलो उपलब्धि हासिल गरे । उनीहरूले वर्षौंदेखि खोजिरहेको लादेनको विश्वासिलो कुरिअर पाकिस्तानी राजधानी इस्लामावाददेखि ३५ माइल टाढाकम्पाउन्डमा फेला पारेका थिए ।
अमेरिकी एउटा प्रतिआतंकवाद कारबाही केन्द्रनजिकैको यो संरचना यति सुरक्षित र ठूलो थियो कि यसलाई अमेरिकी अधिकारीहरूले कुरिअर मात्र भन्दा पनि कसैलाई लुकाउन महत्त्वपूूर्ण रहेको अनुमान गरे । त्यसपछि आठ महिनाको अथक गुप्तचरी कार्यले आइतबार विन लादेन मारिएपछि एउटा विस्तृत र लगभग आशा मारिसकेको एउटा इतिहास अन्त्य भएको छ ।
झन्डै एक दशकसम्म पाकिस्तान र अफगानिस्तानमा अमेरिकी सेना र गुप्तचर बलले विन लादेनको डरलाग्दो छाया पछ्याइरह्यो । पूर्वी अफगानिस्तानको तोराबोरा पहाडमा नजिकबाट एकपटक भिडन्तसमेत भएको थियो, तर त्यतिखेर अमेरिकी सेना सफल हुन सकेनन् । अमेरिकी राष्ट्रपति बाराक ओबामा प्रशासनले त्यतिखेर वास्तविक सफलता पायो, जतिखेर विन लादेनको निकै विश्वासिलो कुरियरको नाम र ठेगाना पत्ता लगाए । यी अल कायदा प्रमुख बाहिरी विश्वसँग सम्पर्क कायम राख्न यसैमा निर्भर देखिएका थिए ।
क्युबाको ग्वान्तानामो खाडीस्थित अमेरिकाले युद्धबन्दी राखेको कारागारका बन्दीले कुरियरको छद्म नाम सोधपुछका क्रममा खुलासा
गरे । र, त्यहाँ सेप्टेम्बर ११ आक्रमण योजना स्वीकार गरेका खालिद सेख मोहम्मदको संरक्षक रहेको बताए । चार वर्षअघि नै कुरियरको वास्तविक नाम थाहा पाएको अमेरिकी गुप्तचर अधिकारीको भनाइ छ । तर यो कहाँ छ ? यो रहेको क्षेत्रबारे जानकारी लिन थप २ वर्ष र इस्लामावाददेखि १ घन्टा गाडीमा हिँडेपछि पुगिने उक्त अब्बोतावाद कम्पाउन्ड भेटाउन गत अगस्टसम्म पर्खिनुपर्‍यो ।
उनी को हुन सक्छन् ? भनेर केही साता स्याटलाइट फोटो र गुप्तचरी सूचना अमेरिकी गुप्चरसंस्था -सीआईए) का एजेन्टहरूले अध्ययन गरे । सेप्टेम्बरदेखि सीआईएले त्यहाँ विन लादेन आफैं लुकेको हुन सक्ने 'बलियो सम्भावना' सुनिश्चित गरेको एक वरिष्ठ अधिकारीले बताए ।
यो पहाडी क्षेत्रमा एउटा सानो गुफाजस्तो थियो, जहाँ विन लादेन लुकेको शंका धेरैले गर्थे । साथै यो डाँडामा बनाइएको एउटा निवासलाई १२ फिट अग्लो पक्की पर्खालले घेरिएको र काँडेतार लगाइएको थियो । यसको मूल्यांकन करिब १० लाख अमेरिकी डलरको गरिएको छ । टेलिफोन र इन्टरनेट सुविधा छैन । यहाँ बस्नेहरू सुरक्षाप्रति यति सचेत थिए, अन्य छिमेकी जस्तो सडकमा फोहोर फल्दैनथे, यसलाई जलाइदिन्थे । यो कम्पाउन्ड विन लादेन लुकाउने उद्देश्यले २००५ मा निर्माण गरिएको अमेरिकी अधिकारीको अनुमान छ ।
विन लादेन र उनका परिवार लुकेको प्रति अमेरिकी गुप्तचर निकै विश्वस्त हुन र अमेरिकी राष्ट्रपतिले अल कायदा नेताविरुद्ध मिसन सुरु गर्न सूचना पर्याप्त भएको निश्चयपछि पनि थप केही महिना गुप्तचरी गरिरहे ।
पछिल्लो ६ सातासम्म ओबामाले राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको ५ वटा बैठक गरेका थिए । गत शुक्रबार ८.२० मा ओबामाले राष्ट्रिय सुरक्षा सल्लाहकार थोमस डोनिलन, प्रतिआतंकवाद सल्लाहकार जोहन ओ ब्रेनमसहित बरिष्ठ सल्लाहकारसँग ह्वाइट हाउसको कूटनीतिक कक्षमा छलफल गरेका थिए । त्यसपछि उनी आँधी प्रभावित अलबामा क्षेत्रमा गए । तर उनले गुप्तचर कारबाहीका लागि अन्तिम योजना स्वीकृत गनर्ुपथ्र्यो ।
कारबाहीको औपचारिक निर्देशनमा हस्ताक्षरपछि पनि ओबामाले पाकिस्तानीलाई जानकारी गराएनन् । 'त्यहाँ कारबाहीका लागि हामीले अन्य मुलुकसँग सेयर गरेनौं,' एक वरिष्ठ प्रशासकीय अधिकारीले भने । यो कुनै अचम्म भने होइन । लादेन आफ्नो मुलुकमा नभएको पाकिस्तानले बताए पनि अमेरिकाले कहिल्यै विश्वास गरेन । बरु  पछिल्लो वर्ष लादेन खोज्न वा मार्न अमेरिकाले पाकिस्तानलाई दबाब दिइरहेको  विकिलिक्समा सार्वजनिक अमेरिकी कूटनीतिक दस्तावेजमा भनिएको छ ।
अल कायदा नेता कहाँ छन् ? सेप्टेम्बर २००९ मा इस्लामावादमा अमेरिकी कंग्रेस टोलीले सोधेको प्रश्नमा पाकिस्तानी आन्तरिक मन्त्री रेहमान मलिकले 'कुनै संकेत नभएको' जवाफ दिएका थिए । लादेनले उनका परिवार इरान पठाएकोले आफैं पनि त्यतै लागेको हुन सक्ने मलिकको भनाइ थियो । त्यहाँ नभए उनी साउदी अरब, यमनमा लुकेको वा मृत्यु भइसकेको हुन सक्ने उनले जवाफ दिएको पनि अमेरिकी दस्तावेजमा उल्लेख छ ।
विशेषगरी सीआईएसम्बद्ध रेमन्ड डेभिसले लाहोरको गत जनवारीमा व्यस्त सडकमा दुईजनालाई गोली प्रहार गरेपछि पछिल्लो महिना आपसी शंका बढेको थियो । हेलिकोप्टरबाट अमेरिकी सेना र गुप्तचर टोलीले कारबाही गर्दा केही बेर भिडन्त भएको बाहेक अमेरिकी अधिकारीले पनि थप जानकारी दिएको छैन । घटनामा लादेन र अन्य तीन व्यक्तिको मृत्यु भएको थियो । - द न्युयोर्क टाइम्स

Wednesday, 27 April 2011

तपाइले यो ब्लग मा धेरै लिंक हरु हेर्न सक्नुहुन्छ | मात्र  एकै ब्लग बाट धेरै उपयोगी जानकारी हेरी भरपुर ज्ञान आर्जन गर्नुहोस | सुझाब सल्लाह प्रतिकृया भने दिदै गर्नु है | धन्यबाद